साफ यू–१९: नेपाल पाकिस्तानसँग पराजित

नेपालभ्युज

साफ यू–१९: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं। साफ यू–१९ फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको हो।

पाकिस्तानको लागि अलि जफरले निर्णायक गोल गरे। खेलको ७६ औँ मिनेटमा जफरले पाकिस्तानको लागि गोल गरे।

पहिलो हाफमा नेपाली टोलीका कप्तान तथा गोलकिपर जिएरथ शेखले राम्रो प्रदर्शन गर्दै नेपाललाई गोलको क्षतिबाट बचाउन सफल भएका थिए।

खेलको इन्ज्यूरी समयमा नेपालले विभिन्न अवसर पाए पनि गोलमा भने परिणत गर्न सकेन्न।

(तस्वीरः सरोज बस्नेत)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved