शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीको अमेरिका भ्रमण : प्रवक्ता सापकोटा

नेपालभ्युज

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीको अमेरिका भ्रमण : प्रवक्ता सापकोटा

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन विदेशी निकायको सहयोग माग्ने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन विदेशी निकायको सहयोग माग्ने पहिलो प्राथमिकतामा रहेको बताए ।

उनले शान्ति प्रक्रिया सफल भइसके पनि निष्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गरे ।

‘भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया सुरु भइसकेपछि चारवटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो । तर फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो, अरु काम भइसके । तर पनि यसलाई निष्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न बाँकी छ । त्यो घोषणा गर्न नदिन विभिन्न खेलहरू भइरहेका छन् । विभिन्न समस्या आइरहेका छन्’ सापकोटाले भने, ‘यसलाई निष्कर्षमा पुर्‍याउन मुख्य राष्ट्रिय परिस्थिति नै अनुकूल बनाउनुपर्छ । त्यसमा अन्तर्राष्ट्रिय समुदायको पनि धेरै महत्वपूर्ण भूमिका हुन्छ । यसकारण उहाँले यहाँ गर्नुपर्ने कामको प्रतिबद्धता जनाउनुहुनेछ ।’

सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा मौलिक रूपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौँ भनेर विश्व समुदायलाई अपिल गर्ने काम मुख्य प्राथमिकतामा रहेको बताए । उनले शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved