काठमाडौंको गैह्रीगाउँमा ४ जनाको बीभत्स हत्या

नेपालभ्युज

काठमाडौंको गैह्रीगाउँमा ४ जनाको बीभत्स हत्या

काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको हो ।

रगताम्य मृत अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले दिएको जानकारीअनुसार हत्या हुनेहरूमा एकै परिवारको ३ जना रहेका छन् ।

हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइबा र करिब ७० वर्षीया आमा सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।

उनकाअनुसार चारै जना सोही स:मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved