भक्तपुरबाट पठाएका बाल कैदीबन्दीले वीरगञ्जमा पनि उपद्रो मच्याए, प्रहरी हैरान

नेपालभ्युज

भक्तपुरबाट पठाएका बाल कैदीबन्दीले वीरगञ्जमा पनि उपद्रो मच्याए, प्रहरी हैरान

पर्सा।  भक्तपुरको सुधार गृहममा झडप र अशान्त मच्याएपछि विरगञ्ज पठाएका बाल कैदीबन्दीले त्यहाँ पनि उपद्रो मच्याएका छन् ।

पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह रातभर तनावग्रस्त बनेको छ । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेका हुन् ।

मंगलवार राति करिब ८ बजे बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच आपसमै विवाद भएको थियो । विवाद चर्केपछि केहि बाल कैदीबन्दीहरुले तोडफोड र ढुंगामुढा सुरु गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

पर्साका एसपी कोमल शाहले बाल कैदी बन्दी निकै उग्र भएकाले बारम्बार समस्या आएको बताएका छन् । सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी छन् । अस्ति भक्तपुरमा विवाद गर्दा १८ कैदीबन्दीलाई  विरगञ्जमा पठाएकोमा उनीहरुले त्यहाँ पनि उपद्रो मच्याएका हुन् ।

बाल कैदीबन्दीहरुले बासी खाना खुवाउने गरेको, यातना दिने गरेको, गलत कुरा गर्दा पनि बोल्न नदिएको जस्ता गुनासा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved