निद्रा नपुग्दा दिमागको नसा खराब हुन थाल्छ, हुनुहोस् सावधान

नेपालभ्युज

निद्रा नपुग्दा दिमागको नसा खराब हुन थाल्छ, हुनुहोस् सावधान

एजेन्सी । स्वस्थ रहनका लागि पर्याप्त मात्रामा निद्रा लिनु एकदमै जरुरी हुन्छ । कम निद्रा लिँदा स्वास्थ्यमा कैयौं प्रकारका नोक्सानहरु हुन थाल्छन् । निद्राको कमीले तपाईंको मेटाबोलिज्मलाई प्रभावित पार्छ जसले गर्दा मोटोपन र अनुहारमा चाउरीपन आदि पनि बन्न थाल्छ ।

जर्नल प्रोटेयोम रिसर्च अफ अमेरिकन क्यामिकल सोसाइटीमा प्रकाशित एक अध्ययनअनुसार कम निद्रा लिँदा वा रातभर जाग्ने गर्ने व्यक्तिहरुको दिमाग ड्यामेज हुन सक्छ । सोधकर्ताहरुको दावा छ कि, लामो समय जाग्ने वा निद्राको कमी हुनाले दिमागको नसा कमजोर हुन थाल्छ । यस्तोमा दिमागमा क्षती समेत पुग्न सक्छ । शोधकर्ताहरुका अनुसार दिमागमा पिल्ट्रोफिन नामक एउटा तत्व पाइन्छ, जो निद्राको कमीका कारणले प्रभावित हुन थाल्छ ।

यदी हामीले प्रर्याप्त मात्रामा निद्रा लिएनौं भने यसले स्मरण शक्तिलाई नियन्त्रण गर्ने भाग हिप्पोक्याम्पसको नसा पनि कमजोर हुन थाल्छ । यस्तोमा कुनै पनि कुरा सम्झन सक्ने क्षमता कम हुँदै जानुका साथै पछि गएर दिमाग नै ड्यामेज हुने सम्भावना पनि बढ्छ ।

त्यस्तै निद्राको कमीले शरीरको मेटाबोलिज्म कमजोर हुन थाल्छ । जसले गर्दा मोटोपन आउने, मधुमेह, मुटुसम्बन्धी रोग, क्यान्सर तथा छालासँग जोडिएका समस्या पनि हुन सक्छन् । त्यसैले शारीरिक तथा मानसिक दुबै स्वास्थ्यका लागि प्रर्याप्त निद्रा अत्यावश्यक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved