बृहत् नाडा अटो शो सुरु, झण्डै एक लाखले अवलोकन गर्ने अनुमान

नेपालभ्युज

बृहत् नाडा अटो शो सुरु, झण्डै एक लाखले अवलोकन गर्ने अनुमान

काठमाडौं। नयाँ सवारी साधन प्रदर्शनको कुम्भमेला ‘बृहत् नाडा अटो शो’को १५औँ संस्करण मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

‘द बिगेस्ट शो अफ नेपाल’ भनिएको अटो शो को कुम्भ मेलामा दर्जन बढी नयाँ सवारी साधन प्रदर्शनको तयारी छ ।

झण्डै ४ वर्षपछि आयोजना हुँदै गरेको नाडा अटो शोमा साना ठूला गरी १२० स्टल रहने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

प्रदर्शनीमा सवारी साधनका साथै, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहनेछन् । जसमध्ये १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा बैंक तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।

भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म जम्मा ६ दिन चल्ने अटो शोमा झण्डै एक लाख अवलोकनकर्ताहरूले शोको अवलोकन गर्ने नाडाको भनाइ छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने अटो शोको अवलोकनकर्ताका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved