वडा सचिव मृतावस्थामा फेला

नेपालभ्युज

वडा सचिव मृतावस्थामा फेला
प्रतिकात्मक तस्वीर

डडेल्धुरा । डडेल्धुरामा एक वडा सचिव मृतावस्थामा भेटिएका छन् । जिल्लाको अमरगढी नगरपालिका–१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् ।  बैतडीको पाटन नगरपालिका–२ घर भएका ५८ वर्षीय पन्त अमरगढी नगरपालिकाकै स्याउलेनजिक खाल्डोमा मृत अवस्थामा भेटिएका हुन् ।

पन्तको से.५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए ।

पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पन्त यसअघि अमरगढी –१० का सचिव थिए ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved