एमाले सचिवालय बैठक बस्दै

नेपालभ्युज

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठक आज बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । गए राति साढे १ बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो ।

उनको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्याइँदै छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved