आजकै दिन : अमेरिकामा आतंकवादी आक्रमण र त्यसपछि के भयो ?

न्युयोर्कस्थित ट्वीन टावर र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गरिएको आतंकवादी आक्रमणमा करिब तीन हजार मानिसले ज्यान गुमाएका थिए। आक्रमणकारीले चार वटा विमान अपहरण गरी दुई वटा वर्ल्ड ट्रेड सेन्टरका टावर र अर्को एक अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा ठोक्काएका थिए। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसलाई लक्षित गरिएको चौथो विमान जङ्गलमा दुर्घटना भएको थियो।

नेपालभ्युज

आजकै दिन : अमेरिकामा आतंकवादी आक्रमण र त्यसपछि के भयो ?

सन् २००१ को सेप्टेम्बर ११ मङ्गलबारका दिन (ठीक आजकै दिन) अमेरिकाको न्युयोर्कको ११० तले भवन ट्विन टावरमा विमानहरू ठोक्काउँदा तीन हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाए।

आत्मघाती आक्रमणकारीहरूले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर न्युयोर्कका गगनचुम्बी भवनमा ठोक्काएका थिए। आक्रमण अमेरिकीहरूका लागि मात्रै नभएर समस्त विश्वकै लागि अनि यो शताब्दीकै सबैभन्दा पीडादायक घटना थियो।

को थिए निशानामा ?

संयुक्त राज्य अमेरिकाको पूर्वी भेगमा विमानहरू उडिरहेका थिए। एकपछि अर्को गर्दै विमान गर्दै चारवटा विमान अपहरणमा पर्‍यो। त्यसपछि ती विमानलाई “नियन्त्रित मिसाइल’’को रूपमा न्युयोर्क र वासिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काइएको थियो।

अपहरणकारीले दुईवटा विमानलाई न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काए। पहिलो विमानले नोर्थ टावरमा स्थानीय समयानुसार बिहान ८ः४६ मिनेट (१३ः४६ जीएमटी समय) मा आक्रमण गरेको थियो। दोस्रो विमान साउथ टावरमा स्थानीय समयानुसार ९ः०३ मिनेटमा ठोक्काइएको थियो।

ठोक्किएपछि भवनहरूमा आगो लागेको थियो। माथिल्ला तलामा मानिसहरू फसेका थिए। धुवाँको बाक्लो मुस्लोमा सहर ढाकिएको थियो। ठोक्किएपछि विमानमा आगो लागेर ध्वस्त भएका थिए। सवा एक घण्टामै ११० तले दुवै भवन ढलेर धूलोको विशाल मुस्लो र भग्नावशेषमा परिणत भयो।

घटना यतिमा मात्र रोकिएन। फेरि नौ बजेर ३७ मिनेटमा तेस्रो विमान अर्को भवनमा ठोक्काइयो। तेस्रो विमानले राजधानी वासिङ्टन डीसीभन्दा केही बाहिर रहेको अमेरिकी सेनाको मुख्यालय पेन्टागनको पश्चिमी मोहडालाई क्षति पुर्‍याइयो।

चौथो विमानलाई अपहरणकारीले अर्को भवनमा ठोक्काउन लैजाँदै थिए। अमेरिकी संसद् भवनमा आक्रमण गर्ने लक्ष्य लिएर विमान अघि बढेको थियो। तर, यात्रुहरूले प्रतिरोध गरे। संसद भवनमा ठोक्काउन लैजान दिएनन्। त्यो चौथो विमान पेन्सिल्भेनियाको एउटा मैदानमा दुर्घटनाग्रस्त थियो।

जहाँ विमान ठोक्कियो।

कति जनाले ज्यान गुमाए?

यी घटनाहरूमा १९ जना अपहरणकारी थिए। ती बाहेक २ हजार ९७७ जनाले ज्यान गुमाए। तीमध्ये अधिकांश न्युयोर्कमा मारिएका हुन्।

चारवटा विमानमा सवार चालक दलका सदस्य र यात्रु गरी सबै २ सय ४६ जनाको मृत्यु भयो। ट्विन टावरमा तत्कालै र पछि चोटका कारण २ हजार ६०६ जनाको मृत्यु भयो।

पेन्टागनमा १ सय २५ जनाको ज्यान गयो। पहिलो विमानले ठक्कर दिँदा अनुमानित १७ हजार ४ सय जना उक्त टावरभित्र रहेको ठानिएको छ।

नोर्थ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका कोही पनि बाँचेनन्। साउथ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका १८ जना भागेर ज्यान जोगाउन सफल भएका थिए।

ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए। ४ सय ४४ जना आपतकालीन उद्धारकर्ताले समेत ज्यान गुमाए।

को थिए आक्रमणकारीहरू?

इस्लामिक उग्रवादी सञ्जाल अल–कायदाले अफगानिस्तानबाट ती घातक आक्रमणहरूको योजना बुनेको थियो। ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल–कायदा आक्रमणकारी थियो।

विभिन्न मुस्लिम देशहरूमा भएका द्वन्द्वमा अमेरिका र उसका साझेदार देशहरू हस्तक्षेप गर्न जान्थ्यो। मुस्लिम देशमा भएको गृहयुद्धमा प्राय मुस्लिम धर्मका सेनाहरू हुन्थे। सोही कारण अलकायदा र अमेरिकाबीच दुस्मनी थियो।

अपहरणमा संलग्न १९ जना अलकायदाका सदस्यहरू पाँचजना तीनवटा र चार जनाको एउटा समूहमा विभाजित थिए। प्रत्येक समूहमा भएकाहरूले विमान चालकको तालिम लिएका थिए। उनीहरूले तालिम अमेरिकाकै उड्डयन प्रशिक्षण केन्द्रहरूमा लिएका थिए।

ट्विन टावर ढलेपछि भाग्दै सर्वसाधारण

अमेरिकाले कसरी प्रतिक्रिया गर्‍याे?

आक्रमणको एक महिना नबित्दै राष्ट्रपति जर्ज डब्ल्यू बुसले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अल–कायदालाई उन्मूलन गर्ने योजना बनायो। मुख्य नेतृत्वकर्ता बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरे।

तर, अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन्। अमेरिकाले पटक-पटक अफगानिस्तानलाई आक्रमण गर्थ्यो। मुख्य नाइके अलकायदा मारिएको दाबी गर्थ्यो।

तर, अलकायदा मारिएका हुन्थेनन्। अनन्त: सन् २०११ मा छिमेकी पाकिस्तानमा लुकेर बसेको अवस्थामा अमेरिकी सेनाले उनलाई मारिदिए।

सेप्टेम्बर ११ को अमेरिकाको अग्ला भवनको हमलाका आरोपित योजनाकार भने खालि शेख महमद थिए। उनलाई दुई वर्षपछि सन् २००३ मा पाकिस्तानमा पक्राउ गरिएको थियो।

एक वर्षअघि सन् २०२२ जुलाईमा अमेरिकी कारबाहीमा अल कायदाका नेता अयमान अल–जवाहिरी मारिएका थिए। इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए।

उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो। सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए र अलकायदालाई हाँकेका थिए। अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो।

अल–कायदा अझै पनि अस्तित्वमा छ। सब–सहारा अफ्रिकामा उसको पकड बलियो छ र अहिले अफगानिस्तानभित्र पनि उसका सदस्य छन्। झन्डै दुई दशकपछि २ वर्षअघि अमेरिकी सैनिकहरू अफगानिस्तानबाट बाहिरिएका थिए। त्यसका कारण उक्त इस्लामवादी सञ्जालको पुनरागमन भइरहेका छन्।

आक्रमणपछिको अवस्था

आक्रमणपछि के भयो ?

सेप्टेम्बर ११ को आक्रमणपछि संसारभरि उडान सुरक्षा सुदृढ पारियो। दुईवटा टावर ढलेको स्थान ‘ग्राउन्ड जिरो’ लाई सफा गर्न आठ महिनाभन्दा बढी समय लागेको थियो।

त्यहाँ अहिले एउटा स्मृति केन्द्र र सङ्ग्रहालय स्थापना गरिएको छ। अनि नयाँ डिजाइनसहित भवनहरू निर्माण गरिएको छ। पेन्टगनको पुनर्निर्माणका लागि एक वर्ष समय लागेको थियो।

सेप्टेम्बर ११ आक्रमणपछि उद्धारकर्ता

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved