ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश (धरौटी रकमसहित)

जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

नेपालभ्युज

ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश (धरौटी रकमसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले थुनामा रहेका ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

एक जनालाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

कसलाई कति धरौटी ?

मीनबहादुर गुरुङ– २ करोड ४६ लाख

केशव तुलाधर– साधारण तारेखमा रिहा

शिवजी भट्ट–३ लाख ३० हजार

रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

कलाधर देउजा –१५ लाख

घमन कुमार कार्की– ७ लाख ५० हजार

गोपाल कार्की –७ लाख ५० हजार

विनोद पौडेल– १५ लाख

योगराज पौडेल– ७ लाख ५० हजार

नारायणराज मिश्र –७ लाख ५० हजार

अरुण कुमार श्रेष्ठ –७ लाख ५०

ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

बाबुराजा महर्जन– १ लख १० हजार

देवनारायण महर्जन – १ लाख १०

सकलानन्द महर्जन– १ लाख १० हजार

सञ्जय कुमार महर्जन– १ लाख १० हजार

लोकरि घिमिरे –७ लाख ५० हजार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved