बिजनेश नपाएपछि राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

नेपालभ्युज

बिजनेश नपाएपछि राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
फाइल तस्वीर

काठमाडौं । बिजनेश नपाएपछि राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

राष्ट्रियसभाको भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

संघीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ ।

राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेको सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved