शंकर कँडेल आत्महत्या प्रकरण-

उच्च अदालतको आदेशपछि व्यवसायी प्रदीप रुङ्टा रिहा हुँदै

नेपालभ्युज

उच्च अदालतको आदेशपछि व्यवसायी प्रदीप रुङ्टा रिहा हुँदै
आरोपित उद्यमी प्रदीप रूँगटा

काठमाडौं। चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेतासमेत रहेका शंकर कँडेलको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा पठाएका प्रदीप रुङ्गाटा आइतबार रिहा हुँदैछन्। उच्च अदालत हेटौँडाले छाड्न आदेश दिएपछि उनी रिहा हुन लागेका हुन्।

साउन १८ गते उनले अदालतमा आत्मसमर्पण गरेपछि पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो।

पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रतिवादी रुङ्गटा अदालतमै बेहोस भएका थिए। बेहोस भएका रुङ्गाटालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। त्यसयता उनी अस्पतालमै छन्। उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

मृतकको आरोप नै अन्तिम प्रमाण मान्दै व्यवसायी रुङ्गटालाई पनि पुर्पक्षको लागि जेल चलान

मृतक कँडेलले आत्महत्या गर्नु पर्नाको कारण भनी लेखेको कागजको बेहोराले रुङ्गटा आरोपित कसूरमा संलग्न छैनन् भन्न सकिने अवस्था नदेखिएको बिहीबार उच्च अदालतले दिएको आदेशमा भनिएको छ।

उच्च अदालत हेटौँडाले रूङ्गाटाको निवेदनअनुसार पाँच लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

रुंगटा शुक्रबार रिहा हुनुपर्ने भए पनि सरकारी बिदा भएकाले छुटेनन्। अब शनिबार पनि सार्वजनिक बिदा भएकाले आइतबार पक्रिया पुर्‍याएर उनलाई रिहा गरिने कारागार स्रोतले जनाएको छ।

रुङ्गटाले अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका थिए। कम्पनीको दायित्व बोध नगरी आफूलाई तनाव दिएको भन्दै व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए।

आरोपित रावलको बकपत्र – माग्नेबित्तिकै सहयोग गर्न सकिनँ, त्यही दोषमा म जेल बस्नुपर्ने ?

कँडेलले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’मा कम्पनीका लेखा प्रमुख जीवन रावल र त्यही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण यस्तो निर्णय गर्नुपरेको उल्लेख गरेका थिए।

मृतकले सुसाइड नोटमै आरोप लगाएकै भरमा कम्पनीका लेखा प्रमुख जीवन रावल आढाइ महिना जेल बसेका थिए। उच्च अदालतले धरौटीमा छोड्न आदेश दिएपछि उनी छुटेका हुन्। रुंगटा पनि उही मुद्दामा ३५ दिन पछि रिहा हुन लागेका हुन्।

सम्बन्धित समाचार –

पोल्ट्री क्षेत्रमा संकट आएसँगै व्यवसाय छाडेका शंकर कँडेल मृत फेला

शंकर कँडेल आत्महत्या प्रकरण : दुई जना आरोपीलाई जेल चलानको आदेश

शंकर कँडेल आत्महत्या प्रकरण : सीए जीवन रावल धरौटीमा रिहा

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved