रेडियोकर्मीको सुसाइड नोट : ‘सानु ! अब हाम्रो भेट तिमीले देख्ने तर, मैले नदेख्ने ठाउँमा हुनेछ’

उनले लेखेका छन्, ‘सरी अब हाम्रो भेट यस्तो ठाउँमा हुनेछ, जहाँ तिमीले मलाई देख्नेछौ, भेट्ने छौ तर, मैले तिमीलाई भेट्ने छैन, बोल्ने छैन, देख्नेछैन। अब बाँकी मेरो यात्रा मसानघाटमा हुनेछ।’’

नेपालभ्युज

रेडियोकर्मीको सुसाइड नोट : ‘सानु ! अब हाम्रो भेट तिमीले देख्ने तर, मैले नदेख्ने ठाउँमा हुनेछ’

काठमाडौं। काठमाडौंको रेडियो देशान्तरमा प्राविधिक काम गरिरहेका दैलेखका युवराज पौडेलले आत्महत्या गरेका छन्। अनामनगरस्थित रेडियोको पाँच तलामाथिको कार्यालयमा गएराति करिब २ बजे उनले झुन्डिएर आत्महत्या गरेका हुन्। उनी २१ वर्षका मात्र थिए।

पासो लगाउनुअघि उनले साढे १ बजेतिर फेसबुकमा प्रेमिकाको लागि भावुक सन्देश  (सुसाइड नोट) पोस्ट गरेका थिए। पोस्टमा उनले प्रेमिकाले बेवास्ता गरेको कारण मर्न बाध्य भएको आरोप लगाएका छन्।

पारिवारिक स्रोतका अनुसार रेडियो प्राविधिक युवराज केही समययता काठमाडौंकै एक दोहोरी साँझकी  गायिकासँग प्रेममा थिए। केही दिनयता प्रेममा दरार आएपछि उनी तनावमा थिए।

आत्महत्याअघि उनले तीनै युवतीलक्षित यस्तो स्ट्याटस पोस्ट गरेका थिए,

– ‘‘बधाई छ धोकेवाज निस्ठुरी। जन्मदिने आमा बाबाभन्दा बढी विश्वास गरेको थिएँ। तर, आज एक्कासि मर्न बाध्य बनायौँ है। सानु। अब त जिन्दगीभर खुसी हुन्छौ होला है। अहिले मलाई ट्याग गर्छ भनेर ब्लक गरेका छौ।

थाहा थियो त कति माया गर्छु भन्ने कुरा सायद जीवनमा तिमीलाई पाउनको लागि यती रोएँ कि जुन म बाल्यकालमा पनि रोएकी थिइन। तर, पनि तिमिले मलाई बुझ्ने कोसिस कहिल्यै गरिनउ है। ठिकै छ, तिम्रो लागि मर्ने भनेर लेखिएको रहेछु बाईबाई।

मैले लेख्ने शब्द धेरै छन्, तर कहिल्यै सकिँदैन। तर, लेख्न सक्दिन। सरी अब हाम्रो भेट यस्तो ठाउँमा हुनेछ, जहाँ तिमीले मलाई देख्नेछौ, भेट्ने छौ तर, मैले तिमीलाई भेट्ने छैन, बोल्ने छैन, देख्ने छैन। अब बाँकी मेरो यात्रा मसानघाटमा हुनेछ।’’

उनको शव महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। युवराजको शव बुझ्न उनका दाजु दैलेखबाट काठमाडौं आउँदैछन्।

बुबा रोजगारीका लागि भारत गएका थिए। छोराको निधनको खबरसँगै उनी पनि काठमाडौं आउँदैछन्।

सम्बन्धित समाचार –

शंकर कँडेल आत्महत्या प्रकरण – आरोपित रावलको बकपत्र – माग्नेबित्तिकै सहयोग गर्न सकिनँ, त्यही दोषमा म जेल बस्नुपर्ने ?

आत्महत्याको तीन सातापछि भेटियो सारुकको सुसाइड नोट, भनेका छन् – फेरि यही परिवारमा जन्मिन पाउँ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved