आत्महत्याको तीन सातापछि भेटियो सारुकको सुसाइड नोट, भनेका छन्- फेरि यही परिवारमा जन्मिन पाउँ 

नेपालभ्युज

आत्महत्याको तीन सातापछि भेटियो सारुकको सुसाइड नोट, भनेका छन्- फेरि यही परिवारमा जन्मिन पाउँ 

काठमाडौं। २१ असारमा रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको सुसाइड नोट मोबाइलमा फेला परेको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलमा उनले लेखेका विभिन्न सामग्री भेटिएको हो।

मोबाइलको ‘नोट्स’ एप्समा उनले मृत्यु हुनुअघि लेखेको विवरणमा कसैलाई आरोप नलगाउनु भएको छ। ‘‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु। यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, थ्याङक्यू’ उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो।

झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो। उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन्।

उनको शब भेटिएलगतै मोबाइल जाँचका लागि पठाइएको थियो। उनको मोबाइलमा गीत बजिरहेको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरिसकेका छन्।

ताम्राकारका केही साथिहरुले उनले के कारणले आत्महत्या गरेका हुन् भन्दै छानबिन गर्न माग गरेका छन्। उनको सुसाइड नोट भेटिएसँगै त्यो आशंका केही हटेको छ।

अभिनेता सारुक मृत्यु प्रकरण रहस्यमै, निकटस्थसँग बयान लिँदै प्रहरी

यो बीचमा छानबिनले आत्महत्याबाहेक अन्य कुनै कारण नदेखाएको प्रहरी अधिकारीहरू बताएका थिए। परिवारले घटनाको विषयमा सत्य, तथ्य अनुसन्धान गरिदिन भन्दै प्रहरी वृत्त, मालीगाउँमा जाहेरी दिएको थियो।

यहीबीच, कलाकारहरूले ताम्राकारको मृत्यु शङ्कास्पद रहेको दाबीसहित छानबिनको माग गरेका थिए। नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकाल्दै ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरू बाहिर आएकाले त्यसबारे छानबिन गरेर कोही दोषी देखिए सत्यतथ्य उजागर गरेर कानुनी दायरामा ल्याउन भनेको थियो।

यसरी जुरेको थियो सारुक’को नाम

झट्ट सुन्दा सारुकको नाम बलिउड अभिनेता शाहरुख खान प्रेरित जस्तो लाग्छ। तर, बाबु सानु ताम्राकारको ‘सा’ र आमा रुकमिणी ताम्राकारको ‘रुक’ गरी अगाडिका अक्षरबाट जुरेको थियो।

३१ वर्षका सारुकले भविष्यमा निर्देशक बन्ने सोच रहेको अन्तर्वार्तामा बताउने गरेका थिए।

सारुकले ‘इन्टु मिन्टु लन्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाँचे’लगायत फिल्ममा अभिनय गरेका छन्। उनको ‘ह्यासट्याग मायामा’ भन्ने फिल्म छायांकन भइरहेको छ।

 

सम्बन्धित समाचार –

सारुक ताम्राकार आत्महत्या प्रकरण: छानबिन गर्न कलाकार संघको माग

अभिनेता सारुक ताम्राकार मृत भेटिए, आत्महत्या हुनसक्ने प्रहरीको शंका


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved