एसिया कप क्रिकेट : भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्ध

नेपालभ्युज

एसिया कप क्रिकेट : भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्ध

काठमाडौं । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।

श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले दोस्रो ईनिङ्स सुरु हुन नसकेपछि खेल रद्ध भएको हो । दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भएको थियो । तर, पाकिस्तानले ब्याटिङ गर्न पाएन ।

पाकिस्तान समूह ए बाट ३ अंकसहित सुपर फोरमा पुगेको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो ।

सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved