एसिया कप क्रिकेट: भारतले पाकिस्तानलाई दियो २ सय ६७ रनको लक्ष्य

नेपालभ्युज

एसिया कप क्रिकेट: भारतले पाकिस्तानलाई दियो २ सय ६७ रनको लक्ष्य

काठमाडौं । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २ सय ६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अल आउट हुँदै २ सय ६६ रन जोडेको हो ।

भारतका लागी हार्दीक पाण्डे सर्वाधीक ८७ रन जोडे भने ईशान किसानले ८२ रन जोड्दा पाकिस्तानका बलर सामु अन्य ब्याटरहरु खासै चल्न सकेनन् ।
भारतका कप्तान रोहित शर्मा ११ रनमा र विराट कोहली ४ रनमा बोल्ड आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ तथा नसिम शाह र हरिस रौफले समान ३/३ विकेट लिए ।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो । भारतको यो पहिलो खेल हो । नेपाल र भारतबीचको खेल सोमवार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved