कार्यान्वयनमा आयो एमसीसी

अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डबीच बुधबार ‘इन्ट्री इन्टु फोर्स–ईआईएफ’ सम्बन्धी पत्र आदानप्रदान भएसँगै एमसीसी कार्यान्वयनमा आएको हो ।

नेपालभ्युज

कार्यान्वयनमा आयो एमसीसी

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा आएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डबीच बुधबार ‘इन्ट्री इन्टु फोर्स–ईआईएफ’ सम्बन्धी पत्र आदानप्रदान भएसँगै एमसीसी कार्यान्वयनमा आएको हो ।

अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा ‘इन्ट्री इन्टु फोर्स–ईआईएफ’ सम्बन्धी पत्र आदानप्रदान भएको हो ।

सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो।

नेपालमा एमसीसीको पक्ष र विपक्षमा मत विभाजन भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved