राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ, मन्त्री पद त्याग्न तयार छु : मन्त्री किराती

नसच्चिएसम्म पर्यटन बोर्डको बजेट पारित नहुने !

नेपालभ्युज

राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ, मन्त्री पद त्याग्न तयार छु : मन्त्री किराती

काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिएका छन् । विगतमा पनि देशको विषम परिस्थितिमा दलहरु एक भएको भन्दै उनले राष्ट्रिय सरकार निर्माणमा जोड दिएका हुन् ।

उनले राष्ट्रिय सहमतिको सरकार बन्ने हो भने आफू मन्त्री पद त्याग्न तयार रहेको पनि बताए । ‘मेरा लागि मन्त्री पद ठूलो कुरा होइन’, उनले भने, ‘राष्ट्रिय सरकार बन्छ भने मन्त्री पद पनि त्याग्न तयार हुनुपर्छ ।’

उनले राष्ट्रिय सरकारको नेतृत्व भने अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै गर्नुपर्ने बताए ।

उनले देशको पर्यटन क्षेत्रको विकासका लागि ऐन नै परिवर्तन गर्नुपर्ने पनि बताए । बुधबार टुरिस्ट बस टिकेटिङ एप लन्च कार्यक्रममा बोल्दै उनले २०३५ सालको पर्यटन ऐन बोकेर समयानुकुल काम गर्न नसकिने बताए ।

मन्त्री किरातीले पर्यटन बोर्डको बजेट नसच्चिएसम्म पास गर्न नसकिने पनि बताए । बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनका लागि मात्रै आएको आरोप लगाउँदै तत्काल पास हुन नसक्ने बताएका हुन् ।

मन्त्री किरातीले पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved