एजेन्सी । अनुहार होस् वा शरीरमा भएका अनावश्यक रौंले सुन्दरता कम गर्न सक्छन् । अनावश्यक रौं हटाउन युवतीहरु विभिन्न तरिका अपनाउँछन् । रौं हटाउन थ्रेडिङ, ब्लीच तथा विभिन्न क्रिम, रेजर आदिको प्रयोग गरिन्छ । जो छालाका लागि नोक्सानदायक पनि हुन सक्छन् । घरेलु उपायबाट पनि यस्ता रौं हटाउन सकिन्छ ।
शरीरमा हुने हर्मोनल परिवर्तन र केही समस्याले महिलाको अनुहारमा अनावश्यक रौं आउँछन् । ति हटाउन बजारमा कयौं त्यस्ता उत्पादन पाइन्छन् जसको प्रयोग हानिकारक पनि हुन सक्छ ।
त्यस्ता उत्पादनमा हुने रसायनले छालामा नोक्सान पुर्याउन सक्छन् । त्यसैले यसका लागि सुरक्षित तरिका अपनाउनु पर्दछ । घरकै सामग्रीबाट पनि तपाईं ती रौं कम गर्न सक्नुहुन्छ ।
बेसार र एलोबेरा
बेसार र एलोबेराको प्रयोगले अनुहारमा भएका अनावश्यक रौं हटाउन सकिन्छ । यसका लागि तपाईंले दुई चम्चा एलोवेरा जेल लिनुहोस् र त्यसमा आधा चम्चा बेसार तथा गुलाब जल मिसाएर गाढा पेस्ट तयार गर्नुहोस् ।
अब यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र सुक्नका लागि छोड्नुहोस् । त्यसपछि यसलाई सुकेपछि हल्का हातले मसाज गर्नुहोस् । त्यसपछि सफा पानीले अनुहार धुनुहोस् । यसको नियमित प्रयोगले तपाईंको अनुहारका अनावश्यक रौं कम हुँदै जान्छन् ।
एलोवेरा र बेसन
एलोवेरा र बेसनको पेस्ट पनि अनुहारका अनावश्यक रौं हटाउन एकदमै फाइदाजनक हुन्छ । नियमित रुपमा यसको प्रयोगले फेसियल हेयरको ग्रोथलाई पनि कम गर्न सकिन्छ । यसका लागि तपाईंले दुई चम्चा बेसनमा गुलाब जल, कागतीको रस र एलोवेरा जेल मिसाएर पेस्ट तयार गर्नुहोस् ।
अब उक्त पेस्टलाई अनुहारमा लगाउनुहोस् । सुकेपछि औंलाको सहयोगले हल्कासँग निकाल्नुहोस् । यस्ता तरिकालाई नियमित रुपमा प्रयोग गरेमा राम्रो नतिजा आउनेछ ।
Facebook Comment
Comment