अरुणाञ्चल र ताइवानलाई समेटेर चीनद्वारा नयाँ नक्सा जारी, भारतले जनायो विरोध

ग्लोबल टाइम्सले ट्विट गर्दै चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सिमाना कोर्ने विधिको आधारमा नक्सा तयार गरिएको जनाएको छ ।चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा मान्छ।

नेपालभ्युज

अरुणाञ्चल र ताइवानलाई समेटेर चीनद्वारा नयाँ नक्सा जारी, भारतले जनायो विरोध

एजेन्सी । चीनले आफ्नो मानक नक्साको नयाँ संस्करण जारी गरेको छ। चीनले भारतको अरुणाञ्चल प्रदेश, अक्साई चिन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाएको छ ।

चीनले नक्सा सार्वजनिक गरेलगत्तै भारतले असहमति जनाउँदै विरोध गरेको छ । भारतले अरुणाचल प्रदेश सधैं भारतको अभिन्न अंग रहेको र सधैं रहने बताएको छ ।

चीनले सोमबार २०२३ को नयाँ नक्सा जारी गरेको चिनियाँ अखबार ग्लोबल टाइम्सले ट्विट गरेको छ । ग्लोबल टाइम्सले ट्विट गर्दै चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सिमाना कोर्ने विधिको आधारमा नक्सा तयार गरिएको जनाएको छ ।चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा मान्छ।

तर, भारतले चीनको यो नक्सा अस्वीकार गरेको छ । भारतले अरुणाचल प्रदेश भारतको अभिन्न अंग हो र भविष्यमा पनि भारतको अभिन्न अंग रहने बताएको छ ।

योसँगै चीनले ताइवानलाई पनि आफ्नो भूभाग मान्छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई एकीकरण गर्ने लक्ष्य राखेका छन्। यसका लागि चीनले भियतनाम, फिलिपिन्स, मलेसिया, ब्रुनाई र साउथ चाइना सीलाई पनि दाबी गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved