फ्लोरिडामा गोली हानेर ३ जना अश्वेत व्यक्तिको हत्या

नेपालभ्युज

फ्लोरिडामा गोली हानेर ३ जना अश्वेत व्यक्तिको हत्या

एजेन्सी । अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले तीन जना काला जातीका अर्थात अश्वेत नागरिकको हत्या गरेका छन् ।

आफूलाई सेतो भनी वर्णन गर्ने  २० वर्षका एक व्यक्तिले डलर जनरल स्टोरमा प्रवेश गरी गोली  चलाएका थिए । गोली चलाउने क्रममा प्रहरीसँग झडप पनि भएको थियो ।

बन्धुकधारी आफूले शरिरमा बलियो कवच लगाएका थिए । उनको आक्रमणबाट दुईजना पुरुष र एक जना महिलाको ज्यान गएको अमेरिकी प्रहरीले जनाएको छ ।

मेयर डोना डिगनले भने कि, यो जातीय घृणाद्वारा संचालित घृणाले भरिएको अपराध हो। उनले एक्लै  यो काम गरेको र आत्महत्या गर्न खोजेको अनुमान गरिएको छ ।

संघीय अनुसन्धान ब्युरो एफबीआईले गोलीबारीलाई घृणित अपराधको रुपमा ब्याख्या गर्दै अनुसन्धान थालेको छ ।

गन भाइलेन्स आर्काइभ वेबसाइटका अनुसार यस वर्ष अमेरिकामा गोलाबारीका घटनाबाट २८ हजार नागरिकको ज्यान गइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved