डोनाल्ड ट्रम्पले जेलमा आत्मसमर्पण गरे, दुई लाख डलर धरौटी तिरेर २० मिनेटमै रिहा

ट्रम्पले अदालत वा संघीय अधिकारीसामु आत्मसमर्पण गरेको यो वर्ष चौथो पटक हो। यसअघि पनि उनीविरुद्ध फौजदारी मुद्दा चल्दा उनले तीनपटक आत्मसमर्पण गरेका थिए ।

नेपालभ्युज

डोनाल्ड ट्रम्पले जेलमा आत्मसमर्पण गरे, दुई लाख डलर धरौटी तिरेर २० मिनेटमै रिहा

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । सन् २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो मुद्दा चलिरहेको छ ।

जेलबाट ट्रम्पको आधिकारिक तस्बिर (जसलाई मगसट भनिन्छ) जारी गरिएको छ। ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।

ट्रम्प २० मिनेट जेलमा बसेर निस्सिएका छन् । उनले जेललाई २ लाख डलर धरौटी बुझाएका बीबीसीको खबरमा उल्लेख छ ।

जर्जिया जाँदा ट्रम्पले आफ्नो शक्ति देखाउँदै विमानस्थलमै दर्जनौँ सुरक्षाका गाडी लगेका थिए । जहाजबाट ओर्लेनवित्तिकै उनलाई कडा सुरक्षा दिइएको थियो ।

यस महिनाको सुरुमा जर्जियाका एक अभियोजकले रिपब्लिकन नेता र पूर्व राष्ट्रपति विरुद्ध धेरै आरोप लगाएर मुद्दा लगाएका थिए । जो बाइडेनको जीतलाई प्रभावकारी रूपमा उल्टाउने षड्यन्त्रमा संलग्न भएको आरोप उनीमाथि छ।

ट्रम्पले अदालत वा संघीय अधिकारीसामु आत्मसमर्पण गरेको यो वर्ष चौथो पटक हो। यसअघि पनि उनीविरुद्ध फौजदारी मुद्दा चल्दा उनले तीनपटक आत्मसमर्पण गरेका थिए । अमेरिकी मिडियाका अनुसार सन् २०२३ अघि अमेरिकामा यस्तो कहिल्यै देखिएको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved