यस्तो छ मुकेश अम्बानीको आलिशान भवन

नेपालभ्युज

यस्तो छ मुकेश अम्बानीको आलिशान भवन

एजेन्सी । रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीको विलासी जीवनशैली बारेमा त सबैलाई थाहै होला ।

उनको आलिशान भवन एन्टीलिया संसारको सबैभन्दा महंगो घरमध्ये दोस्रो नम्बरमा पर्छ । यसको भित्रका तस्वीर देखेर तपाईँ आश्चर्यचकित पर्नुहुनेछ ।

सम्पूर्ण अम्बानी परिवार एन्टीलियाको माथिल्लो ६ वटा तलामा बस्छन् । यस घरमा हरेक सुविधा छ । जसको सायद सामान्य मानिसले कल्पना पनि गर्न सक्दैनन् ।

अम्बानीको यस घरमा उनका सुखसुविधाका हिसाबले जिम, स्वीमिंग पुल तथा हेलीप्याड समेत बनाइएको छ ।

एन्टीलियालाई एकदमै विशेष प्रकारले डिजाइन गरेर बनाइएको छ । जसले ८ म्याग्निच्युटको भुकम्पको झट्कालाई पनि झेल्न सक्छ ।

अम्बानीको यस आलीशान भवनमा कूल २७ तला छन् । यसको छतलाई एकदमै अग्लो बनाइएको छ । किनकी अम्बानी परिवारले हरेक कार्यक्रम यही घरमा गर्ने गर्दछ ।

अम्बानीको यस आलीशान भवनको निर्माण अष्ट्रेलियाको कम्पनी लाइटन कन्ट्रेक्ट्सले गरेको थियो ।

अम्बानी परिवार एकदमै विलासी जीवन बिताउँछ । घरमा आफ्नै योग सेन्टर, नृत्य स्टुडियो, स्वास्थ्य स्पा तथा स्वीमिंग पूल हुनु उनीहरुका लागि सामान्य कुरा हो ।

एन्टीलियाबाट खुला आकास तथा समुद्रको सुन्दर दृश्य पनि देखिन्छ । यसको छैठौं तलमा एउटा ग्यारेज छ । जहाँ करिब एक सय ६८ कार पार्क गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved