इजिप्टमा २० लाखभन्दा बढी नागरिक बेरोजगार

नेपालभ्युज

इजिप्टमा २० लाखभन्दा बढी नागरिक बेरोजगार

कायरो । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ ।

देशको तथ्यांक निकाय क्यापमासले मंगलबार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । देशभर १२ लाख पुरुष र ९ लाख ४१ हजार महिलासहित २० लाखभन्दा बढी नागरिकहरू बेरोजगार रहेको बताइएको छ ।

६१.८ प्रतिशत बेरोजगार नागरिकहरू १५ देखि २९ वर्ष उमेर समूहका छन् । गत वर्षको यही अवधिमा भन्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १.३ प्रतिशतले वृद्धि भएको छ ।

इजिप्टको वार्षिक मुद्रास्फिती दर जुलाईमा बढेर ३८.२ प्रतिशत कायम भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved