सात दलबीच दुईबुँदे सहमति, महरा जोडिएको प्रकरणमा पनि छानबिन हुने (सहमति पत्रसहित)

एक महिनापछि मात्रै छानबिन आयोग गठन

दलहरुबीच ६१ किलो सुन तस्करीसँगै भेपमा लुकाएर ल्याएको भनिएको नौ किलो सुन तस्करीको पनि छानबिन गर्ने सहमति भएको हो ।

नेपालभ्युज

सात दलबीच दुईबुँदे सहमति, महरा जोडिएको प्रकरणमा पनि छानबिन हुने (सहमति पत्रसहित)

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त सात दलबीच दुईबुँदे सहमति भएको छ । दलहरुबीच ६१ किलो सुन तस्करीसँगै भेपमा लुकाएर ल्याएको भनिएको नौ किलो सुन तस्करीको पनि छानबिन गर्ने सहमति भएको हो ।

उक्त नौ किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा पनि मुछिएका छन् ।

दलहरुबीच उक्त छानबिनका लागि आयोग बनाउने पनि सहमति भएको छ ।

आयोग असोज ५ मा गठन हुने र त्यसले तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्ने उल्लेख छ ।

सहमतिपत्रमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही, जसपाका प्रमुख सचेतक प्रदीप यादव र जनमतका प्रमुख सचेतक अब्दुल खानले हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध नगर्ने भएको छ ।

संसद् बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved