दाइची आणविकको पानी समुन्द्रमा फाल्ने निर्णयविरुद्ध जापानी नागरिकको विरोध

नेपालभ्युज

दाइची आणविकको पानी समुन्द्रमा फाल्ने निर्णयविरुद्ध जापानी नागरिकको विरोध

एजेन्सी । जापान सरकारले निस्क्रिय भएको फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट आणविक दूषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेसँगै नागरिकहरू आन्दोलनमा उत्रिएका छन् ।

३५ डिग्रीमाथि तापक्रममा गर्मीलाई झेल्दै जापानी नागरिकहरूले जापानी प्रधानमन्त्रीको सरकारी निवासअगाडि भेला भएर सरकारलाई सम्बन्धित पक्षहरूको सहमति बिना निर्णय नलिन चेतावनी दिएका हुन् ।

मार्च ११, २०११ मा ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीबाट ग्रस्त फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रले विकिरण जारी गर्ने कोर मेल्टडाउनको सामना गरेको थियो । परिणामतः लेभल ७ आणविक दुर्घटना भएको थियो । जुन अन्तर्राष्ट्रिय आणविक र रेडियोलोजिकल घटना स्तरमा उच्च हो ।

प्लान्टले भवनहरूमा आणविक इन्धनलाई चिसो पार्नबाट विभिन्न पदार्थहरूले दूषित पानीको ठूलो मात्रा उत्पादन गर्दै आएको छ । जुन अहिले करिब एक हजार भण्डारण ट्याङ्कहरूमा भण्डारण गरिएको छ ।

जापानी सरकारले अप्रिल २०२१ मा प्रशान्त महासागरमा फोहोर पानी छोड्ने विवादास्पद योजना घोषणा गरेको थियो । उनीहरूले सरकारको निर्णयमा पुनः विचार गर्नुपर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved