नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका ७ जना डाक्टरलाई के हुन्छ कारबाही ?

अपरेसन फक्सट्रट चार्ली अन्तर्गत नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर एमबिबिएस गर्नेमाथि सिआइबीले अनुसन्धान जारी राखेको छ।

नेपालभ्युज

 नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका ७ जना डाक्टरलाई के हुन्छ कारबाही ?

काठमाडौं। अपरेसन फक्सट्रट चार्ली अन्तर्गत नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर एमबिबिएस गर्नेमाथि सिआइबीले अनुसन्धान जारी राखेको छ।

सिआइबीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई पत्राचार गरी वास्तविकता बुझेर यकिन भएपछि पक्राउ गरेकाहरूलाई अनुसन्धान जारी राखेको हो।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणको अनुसन्धानका लागि सिआइबीले चलाएको अपरेसन ‘फक्सट्रट चार्लीबाट ७ पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा विराटनगरमा अनु फार्मेसी चलाउने ३४ वर्षीय मनित चौधरी, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा  कार्यरत अमित चौधरी छन्।

एमडी अध्ययनको तयारी गरिरहेकी काठमाडौंकी एरिना शाह, इसान बाल तथा महिला अस्पताल बसुन्धरामा कार्यरत ३३ वर्षीय श्रद्धा शिल्पकार रहेका छन्।

त्यस्तै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बाट २८ वर्षीय पुनम थापा, बागमती सेन्ट्रल अस्पताल रौतहटमा कार्यरत ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत २८ वर्षीय नसिम अख्तर सिआइबीको हिरासतमा छन्।
नसिम साउन ३२ गते पक्राउ परेका थिए।

उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान अगाडि बढिरहेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

बाँकी ६ जनालाई सिआइबीको हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले बताए।
यो फक्सट्रट अपरेशनमा सिआइबीले ८ जनालाई पक्राउ गरेको छ। तीमध्ये नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएपछि छुटेका थिए।

पक्राउ परेकाविरुद्ध किर्ते मुद्धालगायतका अनुसन्धान भइरहेको छ। जुन कसुरमा पाँचदेखि ७ वर्षसम्म जेल सजाय हुनेछ।
यही प्रकरणमा पक्राउ परेका एक जना छुटेका छन्।  एक जना सक्कली डाक्टर भएकाले छुटेका हुन्।

डा. रंजितकुमार यादवलाई सिआइबीले पक्राउ गरेको थियो। तर उनका कागजातहरू सक्कली नै पाइएपछि ब्युरोले उनलाई छाडेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved