हवाई डढेलाेमा मृत्यु हुनेको संख्या ११० पुग्यो

नेपालभ्युज

हवाई डढेलाेमा मृत्यु हुनेको संख्या ११० पुग्यो

वासिङ्टन । अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या एक सय १० पुगेको छ।

बुधबार साँझसम्म हवाई राज्यको माउईमा लागेको डढेलोले एक सय १० जनाको ज्यान गएको यहाँका मेयर जोस ग्रिनले जानकारी दिए। जलेको भूभागमध्ये बुधबारसम्म ३८ प्रतिशत भूभागमा खोजी गरिसकिएको बताइएको छ।

माउईका प्रहरी प्रमुख जोन पेलेटियरले यस हप्ताको अन्तिमसम्म ९० प्रतिशत क्षेत्रमा अनुसन्धान गरिसक्ने आशा गरेको बताए। यो आगलागी अमेरिकामा एक शताब्दीपछिकै ठूलो हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved