टर्कीको ठूलो शहरमा पानीको अभाव 

नेपालभ्युज

टर्कीको ठूलो शहरमा पानीको अभाव 

इस्तानाबुल । टर्कीको ठूलो शहर इस्तानबुलका मेयर इक्रेम इमामोग्लुले खडेरीको सामनाका गर्नका लागि पानी बचत गर्न आह्वान गरेका छन्।

बुधबार नागरिकहरूलाई सुक्खा यामका कारण पानीको अभाव भएको भन्दै पानीको बचत गरी भविष्यमा आउनसक्ने समस्यालाई समाधान गर्न आह्वान गरेका हुन् । इस्तानाबुललाई पानी आपूर्ति गर्ने १० वटा बाँध भण्डारण दर गत वर्षको अगस्टमा ६१.८७ प्रतिशत थियो ।

जुन हालको भन्दा झन्डै दोब्बर हो। अहिले घटेर पानी जम्मा ३३.३७ प्रतिशत मात्रै जम्मा भएको छ । इस्तानाबुल वाटर एन्ड सिवरेज एडमिनिस्ट्रेसन (आईएसकेआई) को आधिकारिक तथ्यांकअनुसार हाल पानी विगतको वर्षमा भन्दा झन्डै आधाले कम जम्मा भएको छ ।

शहरका लगभग १६ मिलियन नागरिकहरुलाई आईएसकेआईले पानी बचत गर्ने उपायहरूको सूचीसमेत सिफारिस गरेको छ । जसमा बिग्रिएका धाराहरूबाट पानी खेर जान नदिनका लागि मर्मत गर्ने, शौचालयमा कम पानी प्रयोग गर्ने र आफ्ना सवारी साधनहरू सफा गर्दा बाल्टीमा पानी राखेर सफा गर्ने लगायतका उपायहरू सुझाएको छ । जसले गर्दा प्रत्येक व्यक्तिले प्रत्येक वर्ष क्रमशः ६ देखि १६ टनसम्म पानी बचत गर्नसक्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved