संकटमबाट पार पाउन ‘अरब समाधान’ कार्यक्रम अघि बढाइने

नेपालभ्युज

संकटमबाट पार पाउन ‘अरब समाधान’ कार्यक्रम अघि बढाइने

काठमाडौं ।  इजिप्ट र साउदी अरबबीच अरबियन मुलुकमा संकट समाधानका लागि अरब एकता, ऐक्यबद्धता र संयुक्त कार्यक्रमहरू अघि बढाउनुपर्ने बारेमा छलफल भएको छ।

मंगलबार इजिप्टका विदेशमन्त्री सामेह शौकर र साउदी अरबका समकक्षी राजकुमार फैसल बिन फरहान अल साउदबीचको भेटमा अरबियन मुलुकको समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्ने बारेमा छलफल भएको हो।

दुई नेताबीचको भेटमा सुडान, लिबिया, यमन र सिरियाको द्वन्द्व लगायत क्षेत्रीय मुद्दाहरूमा छलफल भएको थियो। छलफलले साउदी र इजिप्टबीचको सम्बन्ध विस्तार गर्ने र अन्य अरबियन मुलुकको सम्बन्ध पनि विस्तार गर्दै जानेमा विमर्श भएको बताइएको छ।

दुई मन्त्रीहरूले अरब राष्ट्रिय सुरक्षाको समाधानका लागि ‘अरब समाधन’ कार्यक्रममार्फत् विभिन्न क्षेत्रीय समस्याहरूको सामना गर्न संयुक्त अरब कार्य र एकताको रूपरेखालाई अघि बढाउने आवश्यकतामा जोड दिएका छन्।

भेटमा प्यालेस्टाइन–इजरायली द्वन्द्वको न्यायसँगत समाधानको लागि छलफल भएको छ। बैठकमा सिरियाका विदेशमन्त्री फैसल मेकदाद पनि सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved