एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु

नेपालभ्युज

एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले हाल सञ्चालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३-२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ।

यस प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकले साप्ताहिकरूपमा र (ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन्।सहभागी एनसेल एप प्रयोगकर्ताले ईपीएलका खेलका आधारमा साप्ताहिकरूपमा फुटबल नतिजाको पूर्वानुमान गर्न सक्छन्।

प्रतियोगितामा भाग लिन प्रयोगकर्ताले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गई आवश्यक विवरण भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजा साप्ताहिकरूपमा भर्न सक्छन्।

ग्राहकलाई साप्ताहिकरूपमा बोनस प्रश्न पनि सोधिने छ, जसबाट १० अंक संकलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ। मुख्य पुरस्कारका रूपमा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवा निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा सेवा पाउँनेछन्।

दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछ। त्यसैगरी, तेस्रो विजेताले वायरफ्री सेवा निःशुल्क डिभाइस र प्रतिमहिना २५० जीबी डेटा तीन महिनासम्म पाउँनेछन्।

यतिमात्र नभई विजेतालाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिनेछ। यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभएसम्म अर्थात् २०८१ जेठ ६ गतेसम्म चल्नेछ। सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगिहरुलाई विजेता घोषित गरी साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान गरिनेछ।

साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेताहरूलाई सबैभन्दा बढी प्राप्त गरेको अंक आधारमा ९९८ रुपैयाँ पर्ने कम्बो प्याक प्रदान गरिने छ।यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन २ जिबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन् जुन २८ दिन मान्य रहन्छ।

विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत मार्फत पूर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा विजेता गोला प्रथाको आधारमा छनोट गरिनेछ। प्रतियोगितामा सहभागीले विजयी टोली मिलाउन सफल भएमा ३ अंक र सही गोल अर्थात स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्छन्।

यस प्रेडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहक मात्र भाग लिन पाउनेछन्। ईपीएल खेलका पूर्वानुमान निश्चित खेल हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved