प्रधानमन्त्रीले गरे बालेनसहित मन्त्रीहरुसँग छलफल

काठमाडौंको सुकुम्बासी समस्या छिटो समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालभ्युज

प्रधानमन्त्रीले गरे बालेनसहित मन्त्रीहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’सँगै विभिन्न मन्त्रालयका मन्त्री एवम् सचिवहरुबीच छलफल भएको छ । मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा काठमाडौंको सुकुम्बासी समस्या र तीनकुने पार्क निर्माणबारे कुरा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरूङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाल सरकारका विभागीय मन्त्रालयका सचिवहरू उपस्थित थिए ।

छलफलमा काठमाडौंका मेयर साहले काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सरकारको सहयोग मागेका थिए ।

तीनकुने अधिग्रहित जग्गा नेपाल सरकारको नाममा आइसकेको परिस्थितिमिा पनि मुआब्जा र समस्या समाधान हुन बाँकी रहेकाले त्यसको दीर्घकालीन समस्या कसरी गर्ने एवं तीनकुने जडीबुटी अन्डरपासको काम कसरी प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो ।

छलफलमा काठमाडौँ उपत्यकाको सुकुम्बासी समस्याका समाधानका लागि भएका प्रयासहरू र त्यसलाई निष्कर्षमा पु¥याउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने विभिन्न विकल्पबारे छलफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved