गर्भपतन गराउँदा महिलाको मृत्यु-क्लिनिक नै अवैध, ओभरडोज औषधिले ज्यान लिएको खुलासा

कैलालीको गोदावरी नगरपालिकाका विनोद जोशी र उनकी पत्नी आशिका ओझाले अवैधरुपमा चलाएको उक्त क्लिनिकले ओभरडोज औषधि दिएका कारण गर्भवतीको मृत्यु भएकोसमेत खुलेको छ ।

नेपालभ्युज

गर्भपतन गराउँदा महिलाको मृत्यु-क्लिनिक नै अवैध, ओभरडोज औषधिले ज्यान लिएको खुलासा

धनगढी । गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भएको धनगढीको मेरी स्टोप्स क्लिनिक अवैध भएको खुलेको छ ।

मेरी स्टोप्स ईन्टरनेशनल नेपालले विज्ञप्ति जारी गरी धनगढीको उक्त क्लिनिक अवैध भएको जनाएको हो ।  विज्ञप्तिका अनुसार उक्त क्लिनिकसँग मेरी स्टोप्सको कुनै सम्बन्ध र सरोकार छैन ।

कैलालीको गोदावरी नगरपालिकाका विनोद जोशी र उनकी पत्नी आशिका ओझाले अवैधरुपमा चलाएको उक्त क्लिनिकले ओभरडोज औषधि दिएका कारण गर्भवतीको मृत्यु भएकोसमेत खुलेको छ ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडाका देवबहादुर थापाकी श्रीमती ३४ वर्षीया प्रिती थापाको गर्भपतन गराउने क्रममा मृत्यु भएको हो ।

बुधवार साँझ ५ बजे क्लिनिकमा गएकी थापाको गर्भपतनपछि रक्तश्राव नरोकिएपछि सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

थापाको मृत्युपछि फरार भएका क्लिनिक सञ्चालक जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved