नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्द सीआईबीको अनुसन्धान तीव्र, १५ भन्दा धेरै पक्राउ गर्ने लक्ष्य

नेपालभ्युज

नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्द सीआईबीको अनुसन्धान तीव्र, १५ भन्दा धेरै पक्राउ गर्ने लक्ष्य

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध अनुसन्धान थप सशक्त बनाएको जनाएको छ। पक्राउ परेकामध्ये सुनीलकुमार शर्मा हिरासत बाहिरै रहे पनि अरूमाथि अनुसन्धान भइरहेको छ ।

जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सांसदसमेत रहेका सांसद शर्मालाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिए पनि हिरासतमा रहेका ७ जनामाथि अनुसन्धान भइरहेको छ।

अपरेसन ‘फोक्सट्रोट चार्ली’ अन्तर्गत अरू थुप्रै चिकित्सकमाथि पनि निगरानी भइरहेको सीआईबीले जनाएको छ। यस क्रममा केही दिनमा थप ७ जनालाईपक्राउ गर्ने लक्ष्य लिएर सीआईबीले अनुसन्धानलाई तीव्र बनाएको स्रोतले जनाएको छ।

सीआईबी उच्च स्रोतले भन्यो, ‘‘प्रमाणपत्र कीर्ते गर्ने विरुद्ध काठमाडौं बाहिर पनि अपरेसन जारी छ। केही दिनमा पक्राउ पर्नेको संख्या अहिलेकोभन्दा दोब्बर हुन्छ।’’

आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने सीआइबीको तयारी छ। सीआईबी र नेपाल मेडिकल काउन्सिलको समन्वयमा प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर डाक्टरी उपाधि लिनेहरूलाई दुई दिनयता ८ जनालाई पक्राउ गरिसको छ।

अहिले सीआइबीको हिरासतमा महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाह छन्।

श्रद्धा शिल्पकार, पुनम थापा चौधरीलगायत हिरासतमा छन्।
पक्राउ परेकाहरू भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको पाइएको सीआईबीकी प्रमुख किरण बज्राचार्यले बताइन्।

उनीहरू काउन्सिलद्वारा सञ्चालित दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएका थिए। पक्राउ परेकाहरू दोषी ठहर नभइसकेकोले अहिल्यै लाइसेन्स खारेज नहुने नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारी बताउँछन्।

काउन्सिलले केही वर्षअघि योग्यताबिना नै चिकित्सा सेवामा संलग्न दुई जनालाई कारबाहीस्वरूप लाइसेन्स खारेज गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved