चाँगुनारायणमा भेटियो नक्कली नोट छाप्ने कारखाना, ९ जना पक्राउ

लाखौँ नक्कली नोट कारोबार गरेको आशंका

उनीहरू नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लाखौँको कारोबार गरेको आशंका छ।

नेपालभ्युज

चाँगुनारायणमा भेटियो नक्कली नोट छाप्ने कारखाना, ९ जना पक्राउ

काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिकामा नक्कली नोट छाप्ने कारखाना फेला परेको छ। प्रहरीले नक्कली रुपैयाँसहित ९ जनालाई पक्राउसमेत गरेको छ।

उनीहरू नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लाखौँको कारोबार गरेको आशंका छ।

प्रहरीले सुरुमा काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको थियो।

प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको लु१प५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेपछि लगातार अरू ठाउँबाट समेत बरामद गरेको हो।

लुम्बिनीबाट आएको बस चेकजाँचका क्रममा बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको थियो।

त्यसकै आधारमा खोजतलास गर्दा गोङ्गबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मार्दा नोट बरामद भएको हो। प्रहरीका अनुसार चाँगुनारायण ४ मा सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए।

प्रहरी स्रोतले भन्यो, ‘‘चाँगुनारायणमा अर्जुन सुवेदीको डेरामा छापा मार्दा नोट बरामद भएको छ। त्यहाँ पैसा छाप्ने मेसिन पनि भेटियो।’’

कोठाको कारखानाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको बताइएको छ। प्रहरी टोलीले रुपैयाँसहित ९ जनालाई पक्राउसमेत गरेको छ।

उनीहरू नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved