मन्त्री पदमा टाँसिइरहन मन छैन, जति गर्छु राम्रै गर्छु- संस्कृतिमन्त्री किराती

नेपालभ्युज

मन्त्री पदमा टाँसिइरहन मन छैन, जति गर्छु राम्रै गर्छु- संस्कृतिमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जसरी पनि मन्त्री पदमा टाँसिइरहन मन नभएको बताएका छन् ।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित ल्हारक्याल लामालाई नियुक्त गरेपछि आलोचना खेपिरहेका मन्त्री किरातीले यस्तो बताएका हुन् ।

किरात राई यायोक्खाको ३६औं स्थापना दिवसको समारोहलाई सम्बोधन मन्त्री किरातीले जति समय पदमा रहे पनि राम्रो कामको प्रयास गरिनै रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘मन्त्री पदमा टाँसिरहन मन छैन’, उनले भने, ‘तर पदमा एक मिनेट रहौं, एक घण्टा रहौं, जति रहन्छु, पूर्खाहरूको शिर निहुरिने काम गर्दिनँ ।’

पछिल्लो समय नियोजितरुपमा आफ्नो राजीनामाको हल्ला चलाइएको र आफ्ना राम्रा कामका कारण विपक्षीहरु ‘बौलाएको’ उनको भनाइ थियो । ‘मेरो राजीनामाको हल्ला चलाइएको छ । राम्रो कामको सुरुवात गरेपछि विपक्षी बौलाए’, उनले भने, ‘सुदन किराती गर्दैछ, बाउ–बाजेले वडाध्यक्षसमेत चलाएको थिएन, मैले अलिअलि गर्दैछु ।’

उनले अर्को प्रसङगमा प्रदेशको १ को नाम कोशी नराख्न आफूले प्रयत्न गरेको पनि बताए । ‘प्रदेश १ को नाम कोशी नलेख्दा ३ दिन संसद अवरुद्ध भयो । यो पनि आन्दोलन हो’, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved