सुन तस्करी प्रकरण : राजस्वले सीआईबीलाई सुम्पियो अनुसन्धानको फाइल

नेपालभ्युज

सुन तस्करी प्रकरण : राजस्वले सीआईबीलाई सुम्पियो अनुसन्धानको फाइल

काठमाडौं । राजस्व अनुसन्धान विभागले एक सय किलो सुन तस्करी प्रकरण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई सुम्पिएको छ ।

प्रधानमन्त्री मातहतको विभागले नै सुन तस्करीको छानबिन गर्दा निष्पक्ष नहुने भन्दै आलोचना भएपछि अनुसन्धानको फाइल प्रहरीलाई सुम्पिएको हो ।

सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएको भन्दै विभागले थप छानबिनका लागि प्रहरीको जिम्मा लगाएको जनाएको छ ।

अनुसन्धानको फाइलसँगै पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने विभागले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले साउन २ गते सिंनामंगल सडकबाट एक सय किलो बरामद गरेको थियो । भन्सार पार भइसकेको उक्त सुन तस्करी प्रकरणमा १८ जना पक्राउ परिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved