भक्तपुरमा १३ जना जुवाडे पक्राउ

नेपालभ्युज

भक्तपुरमा १३ जना जुवाडे पक्राउ

भक्तपुर। भक्तपुरको एक होटेलमा जुवातास खेलिरहेका १३ जना पक्राउ परेका छन् ।

मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित रामेछाप सुनपाती गाउँपालिका-५ स्थित प्रभु खड्काको होटल ओममा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १७ हजार ४ सय २५ रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान र कारबाही अघि बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved