अर्थमन्त्रीलाई ठेकेदारको जवाफ- ऋण गरेर भए पनि भुक्तानी चाहियो, ‘छैन’ भन्न पाइन्नँ

नेपालभ्युज

अर्थमन्त्रीलाई ठेकेदारको जवाफ- ऋण गरेर भए पनि भुक्तानी चाहियो, ‘छैन’ भन्न पाइन्नँ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ऋण गरेरै भए पनि सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरुलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने बताएपछि अध्यक्ष सिंहले यस्तो बताएका हुन् ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष सिंहले निर्माण कार्य सकेका आयोजनाले सरकारबाट पाउनुपर्ने भुक्तानी तत्काल व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

अनुदान मागेर, वैदेशिक ऋण लिएर वा आन्तरिक ऋण उठाएर भए पनि निर्माण व्यवसायीहरुले भुक्तानी पाउनुपर्ने उनको भनाइ छ । अध्यक्ष सिंहले निर्माण व्यवसायीको ५० अर्ब र म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न नसक्ने अर्थमन्त्रीको भनाइप्रति आपत्ति जनाएका छन् ।

अध्यक्ष सिंहले भुक्तानीको व्यवस्थापन गर्न नसक्ने भए त्यस्ता आयोजनाहरुलाई खारेज गर्न माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved