एनआईसी एसियाको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित, यस्तो छ अवस्था

नेपालभ्युज

एनआईसी एसियाको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित, यस्तो छ अवस्था

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले आ.व. २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७९/८० को चौथो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७१.५९ अर्ब पु¥याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३१४.३१ अर्ब पुर्‍याउन बैंक सफल भएको छ ।

बैंकले यस त्रैमास सम्ममा खुद मुनाफातर्फ रू. ४.६५ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा १० प्रतिशतको वृद्धि हो । यसैगरी, बैंकको स्व–पूँजीमा प्रतिफल १७.०७ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४०.२२ आर्जन गर्न बैंक सफल भएको छ ।

स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २० वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५५९ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved