थप २ सय जनाले बोल्न नाम टिपाएपछि माओवादी बैठक लम्बिने संकेत

नेपालभ्युज

थप २ सय जनाले बोल्न नाम टिपाएपछि माओवादी बैठक लम्बिने संकेत

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लम्बिने भएको छ । शनिबार थप २ सय जनाले बोल्न नाम टिपाएपछि माओवादी बैठक अझृ लम्बिने  भएको हो । पाँच दिन बस्ने गरी सुरु भएको बैठकको आज चौथो दिन हो । तर, बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूको सूची लामो भएपछि सो समयमा नसकिने भएको हो ।

उपाध्यक्ष मात्रिका यादवकाअनुसार थपिएको दिनको बैठकको सम्बन्ध आज साँझ पदाधिकारी बैठक बसेर आवश्यक निर्णय लिनेछ । यादवले बैठक लम्बिएपछि बैठक बस्ने ठाउँको खोजी पनि सुरु गरिएको छ ।

शुक्रबारसम्म १ सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए ।

केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved