सामाखुशी खोलामा बेपत्ता भएका साजन ११ दिनपछि मृत भेटिए

नेपालभ्युज

सामाखुशी खोलामा बेपत्ता भएका साजन ११ दिनपछि मृत भेटिए
सांकेतिक तस्वीर।

काठमाडौं । काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका साजन आलेमगरको शव दक्षिणकालीमा भेटिएको छ ।

प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा बिहीबार उनको शव भेटेको हो ।

साजन बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले विगत १० दिनदेखी उनको खोजी गरेको थियो ।

काठमाडौंको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी यही साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बेपत्ता भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved