योगासनपछि नगर्नुहोस् यस्ता गल्ती, स्वास्थ्य हुन्छ खराब

नेपालभ्युज

योगासनपछि नगर्नुहोस् यस्ता गल्ती, स्वास्थ्य हुन्छ खराब

एजेन्सी। स्वस्थ तथा फिट रहनका लागि योग गर्नु एकदमै जरुरी हुन्छ । तर, प्रायः तपाईं योगाभ्यास गर्नेबित्तिकै केही त्यस्ता साना साना गल्ती गर्नुहुन्छ । जसले गर्दा स्वास्थ्यसँग जोडिएको केही समस्या आउन सक्छन् । ती साना गल्तीका बारेमा जानौं जो काम योगाभ्यास लगत्तै गर्नु हानिकारक हुन्छ।

नुहाउनु

योग गरेको तुरुन्तै पछि नुहाउँदा तपाईंलाई चिसो तातो हुन सक्छ । यस्तो बेला शरीरको तापक्रम बढेको हुन्छ त्यसैले तुरुन्तै नुहाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

पानी पिउनु

योगाभ्यासको क्रममा केहीबेर विश्राम लिँदै थोरै-थोरै पानी पिउनु सही हुन्छ । तर, योग गरेपछि तुरुन्तै एकदमै धेरै पानी पिउनु पनि हुँदैन । वा स्वास फुलिरहेको अवस्थामा पानी कहिल्यै पनि नपिउनुहोला ।

भारी खाना

योग गरेपछि तुरुन्तै खाना खान पनि राम्रो हुँदैन । अझ विशेषगरी हेवी डाइट त झनै लिनु हुँदैन । यसले तपाईंलाई अपच हुने समस्या हुन सक्छ । त्यसैले, हल्का भोजन गर्नुहोस् ।

शवासन नगर्नु

योग गरेपछि तपाईंले आफ्नो शरीरलाई केही बेरका लागि शवासनको मुद्रामा अवश्य छोड्नुपर्छ । यसले शरीरलाई आराम हुन्छ । कतिपय मानिसले हतारमा शवासन गर्दैनन् ।

चोट लागेको बेला योग गर्नु

केही मानिस योगाभ्यास गर्ने दैनिकीलाई एकदमै कडारूपमा लागू गर्दछन् । यस्तोमा यदि तपाईं शरीरमा चोटपटक वा समस्या भएका बेला योग गर्नुभयो भने यसले अन्य बेफाइदा हुन सक्छ । मसल्स फ्याक्चर आदिको समस्या पनि हुन सक्छ । त्यसैले, शरीरमा कुनै समस्या भएका बेला पनि योग गर्नु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved