सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छः सांसद राणा

नेपालभ्युज

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छः सांसद राणा
फाइल फोटो

काठमाडौं । नेपाली का‌ंग्रेसका सांसद उदय समशेर राणाले सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छन् । सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले यस्ता गम्भीर घटनामा सत्तापक्ष र विपक्ष भन्ने नहुने भन्दै मन्त्रालय, विभागबाट नभइ उच्चस्तरको संयन्त्र बनाइ छानबिन गर्नुपर्ने बताए । ‘यो घटना सत्ता पक्ष, प्रतिपक्ष भन्ने छैन, यसमा  उच्चस्तरीय स्तरबाट छानबिन हुनुपर्छ, मन्त्रालय, विभागबाट होइन,  विपक्ष दलको होइन हामी सबैको माग हो, सुन तस्करीमा हामी गम्भीर छौँ । बरु दुई चार दिन ढिलो होस्, उच्चस्तरीय छानबिन हुनुपर्छ ।’ उनले भने, ‘ सरकार उच्चस्तरीय छानबिन गर्न तयार छ । यो सदन खुलेर के के भएको हो भनेर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । माफियाको नाइके पत्ता लगाउनुपर्छ, तबसम्म सरकारलाई दबाब हामी पनि दिन्छौँ । तर संसदका अरु बिजनेस चल्न दिनुपर्छ ।’

सांसद राणाले मुख्य व्यक्ति पक्राउ नपरेसम्म सरकारलाई दबाब दिइरहने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved