कृषि क्षेत्रलाई व्यवस्थित बनाउने गरी कृषि ऐन आउँछ : मन्त्री भुसाल

नेपालभ्युज

कृषि क्षेत्रलाई व्यवस्थित बनाउने गरी कृषि ऐन आउँछ : मन्त्री भुसाल
फाइल तस्वीर

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानुनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन्। आइतबार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन् ।

उनले मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार पारेकाले सरोकारवालाहरूसँगको सुझाव लिएर चाँडै संसद्‌मा पेस गर्ने बताए। उनले कृषि क्षेत्र नेपालीहरूको जीवन पद्धतिसँग जोडिएकाले नीति, नियम, कानुनअनुसार व्यवस्थित बनाउने र सरकारले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री भुसालले जीवन पद्धतीसँग कृषि जोडिए पनि अहिलेसम्म कृषि ऐन नबन्नु लाजमर्दो कुरा भएको बताए । उनले कृषि नीतिले मात्रै सबैकुरा गर्न नसक्ने भएकाले कृषि क्षेत्र कानुनअनुसार चल्नको लागि कृषि ऐन आवश्यक रहेको बताए। उनले कानुनी राज्यमा कानुनविहीन रूपमा नभएर कृषि क्षेत्र पनि कानुनअनुसार चल्नुपर्ने बताए ।

मन्त्री भुसालले संविधान बनेसँगै कृषि ऐन बन्नुपर्ने भए पनि विभिन्न कारणले अहिलेसम्म बन्न नसकेको भन्दै यसलाई लामो छलफल र सुझाव भन्दा पनि आवश्यक विषयमा मात्रै छलफल गरी टुंग्याउनुपर्ने बताए । उनले सधैंका लागि नभई ऐन आवश्यकताअनुसार संशोधन गर्न सकिने भएकाले अब सुझाव र छलफलमा मात्रै धेरै समय फाल्न नहुने बताए । उनले सरोकारवालाहरूले मन्त्रालयले बनाएको ऐनको मस्यौदाभित्रै बसेर सुझाव दिन आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved