भ्रामक सूचनाले थप भड्काउँदै मणिपुर हिंसा

भारतको मणिपुरमा मैतेइ र कुकी समुदायबीच हिंसा फैलाउन भ्रामक सूचनाले मलजल गरेको देखिएको छ। इन्टरनेट कटौती गरिए पनि विभिन्न माध्यमबाट मिथ्या सूचना फैलिरहेका छन् । जसले मणिपुरको जातीय हिंसा थप भड्काउन सहयोग पुर्‍याइरहेको छ।

नेपालभ्युज

भ्रामक सूचनाले थप भड्काउँदै मणिपुर हिंसा

काठमाडौं। भारतको मणिपुरमा मैतेइ र कुकी समुदायबीच हिंसा फैलाउन भ्रामक सूचनाले मलजल गरेको देखिएको छ। इन्टरनेट कटौती गरिए पनि विभिन्न माध्यमबाट मिथ्या सूचना फैलिरहेका छन् । जसले मणिपुरको जातीय हिंसा थप भड्काउन सहयोग पुर्‍याइरहेको संचार माध्यमले जनाएका छन। झुटो समाचारले भीडलाई आक्रोशित गराइरहेको छ।

मे महिनादेखि जारी हिंसा अझै साम्य भएको छैन। हिंसा भड्किएसँगै सरकारले त्यहाँ इन्टरनेट कटौती गरेको थियो। तर पनि विभिन्न माध्यमबाट केही फोटो र भिडिओ भाइरल भइरहेका छन्।

जातीय हिंसाको आगोमा जल्दै मणिपुर, ५० हजार नेपाली भाषीको कस्तो छ अवस्था ?

अप्रिलको मध्यतिर एक हुल मानिस सुरक्षित हुन जङ्गल क्षेत्रमा भागेका भिडिओ भाइरल भयो। फरक समुदायका मानिसले भीडले आफ्नो गाउँमा आएर हुलदङ्गा गरेपछि भागेका थिए।

नक्कली भिडिओ देखेर रिसाएको टोली अर्को समुदायको गाउँमा हुलदङ्गा गर्न गएको थियो। भाइरल फेक भिडिओमा उनको समुदायका महिला बलात्कृत भएको दाबी गरिएको थियो। जसका कारण यो भीड आक्रोशित भयो। जङ्गलमा लुकेर बसेका समुदायका महिलालाई लखेटेर बदला लिइयो।

द प्रिन्टका अनुसार प्लास्टिकको झोलामा बेरेकी महिलाको शवको शरीरको तस्वीर झुटो आरोपसहित भाइरल भएको थियो। कुकी पुरुषबाट बलात्कृत र हत्या भएको मैतेइ महिला भएको आरोप छ।

मणिपुरमा दुई महिलालाई नाङ्गै घुमाइएको भिडिओ भाइरल, दोषीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री मोदीको प्रतिक्रिया

तर, तस्वीरमा देखिएकी महिला दिल्लीकी आयुषी चौधरीको रूपमा चिनिन्छिन्, जसलाई उनका आमाबाबुले २०२२ मा मारेका थिए। मे ३ मा मणिपुरमा मैतेई र कुकीबीच झडप भएपछि झूटो तस्वीर जारी गरिएको थियो। ४ मे २०२३ मा कुकी महिला आक्रोशित भए। त्यसले ठूलो हिंसा भयो। प्रहरी चौकी नै सार्नुपर्‍यो।

म्यानमारको समेत फोटो-भिडिओ भाइरल

यस्तै ५ मेमा मैतेइ समुदायका ३७ महिला र एक बच्चाको शव स्थानीय सिजा अस्पतालमा पोस्टमार्टमका लागि राखिएको भन्दै ट्वीट भएको थियो। यो सूचना धेरै नै रिट्वीट भएको थियो । तर, ती सबै खाता भने नयाँ थिए। योबारे जानकारी लिँदा सिजा अस्पताल निजी रहेको र निजी अस्पताललाई पोस्टमार्टमको अधिकार नरहेको तथ्य खुल्न आयो।

पछि थाहा भयाे त्यो फोटो छिमेकी जिल्ला म्यानमारको थियो। मणिपुरमा महिलामाथि दुर्व्यवहार गरिएको भनेर प्रचार भएका दृश्य सबै म्यानमारका हुन्।

भ्रामक खबर बढी फैलिएपछि मणिपुरमा मे ३ देखि इन्टरनेट बन्द गरिएको थियो। अहिले इन्टरनेट आंशिक रूपमा बन्द गरिएको छ। इन्टरनेट बन्द भए पनि मोबाइलमा म्यासेज पठाएर मिथ्या सूचना प्रवाह हुने क्रम बढेको बीबीसीले जनाएको छ।

अरू माध्यमबाट समेत भ्रामक सूचना फैलिरहेका छन्। कतिपय भिडिओ मोबाइल ह्वाट्सएप ग्रुपमा समेत भाइरल छन्।

 

फेक भिडओको यहाँसम्म प्रभाव

गत जुनमा मणिपुरमा मैतेइ समुदायका हतियारधारी पुरुषले कुकी महिलाको ज्यान लिएको भन्दै भिडिओ हालिएको थियो। पछि थाहा भयो उक्त भिडिओ म्यानमारको थियो। महिलामाथि दुर्व्यवहारको घटनामा संलग्नलाई कारबाहीको माग भारतमा बढ्दै गएको छ।

मणिपुरको घटनामा लामो समय मौनता साधेँका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि महिलामाथि भएको दुर्व्यवहार सह्य नहुने भन्दै मुख खोले। उनले भनेका थिए, ‘मणिपुरकी छोरीमाथिको दुर्व्यवहार सह्य हुनेछैन। दोषीलाई तत्कालै कारबाही गरिनेछ यसै छोडिनेछैन।’

मणिपुर हिंसाको छानबिन गर्न तीन सदस्यीय आयोग गठन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved