मुग्लिन-नारायणगढ सडक बन्द हुने र खुल्ने क्रम चल्दै

पहिरो खस्दावित्तिकै  खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।  पानी परिराखेकाले पहिरो पन्छाउन कठिन भएको छ । 

नेपालभ्युज

मुग्लिन-नारायणगढ सडक बन्द हुने र खुल्ने क्रम चल्दै

काठमाडौं। चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्गको यात्रा अनिश्चित बनेको छ ।

कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध  हुने र खुल्ने क्रम चलिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरो खस्दावित्तिकै  खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।  पानी परिराखेकाले पहिरो पन्छाउन कठिन भएको छ ।

पहिरो ग्रस्त क्षेत्रबाट  ढुंगा झरिरहेकाेले सडक डिभिजनबाट तैनाथ अवस्थामा राखिएको मेशिनद्वारा तत्कालै पहिरो हटाई यातायात संचालन गराउदै आएको कार्यालयले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved