कांग्रेस बैठक

विवादित विधेयकबारे धनराज गुरुङ-अपराधी जोगाउने कुरै हुँदैन

नेपालभ्युज

विवादित विधेयकबारे धनराज गुरुङ-अपराधी जोगाउने कुरै हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङले अपराधी जोगाउने हिसाबमा कुनै विधेयक नल्याएको दाबी गरेका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उपसभापति गुरुङले विधेयकभित्र अपराधी जोगाउने कुरा भए संशोधन गर्न सकिने संकेत गरेका छन् ।

प्रतिनिधिसभाबाट पारित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक– २०८०’को धारा ६४ मा अपराधीलाई माफी दिने व्यवस्था भएको भन्दै संसदसँगै कांग्रेस बैठकमा उनको आलोचना भएको थियो ।

आफूमाथि भइरहेको आलोचनाबारे उनले भने- विधेयक सिंगो बोरा चामल हो । त्यहाँ अलिअलि भुस र बियाँ पनि हुनसक्छ । यो गुरुङले बियाँ भए फालेर मात्रै खान्छ । त्यसै खाँदैन ।

कांग्रेस बैठकमा यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जवाफ दिइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved