नेपालमा पहिलोपटक अनुहारका विकृतिसम्बन्धि उपचारलक्षित अस्पतालको स्थापना हुने

नेपालभ्युज

नेपालमा पहिलोपटक अनुहारका विकृतिसम्बन्धि उपचारलक्षित अस्पतालको स्थापना हुने

काठमाडौं। नेपालमा पहिलोपटक अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्याको उपचारलक्षित छुट्टै अस्पतालको स्थापना हुने भएको छ । अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहायतामा नेपाली नागरिकलाई विना शुल्क उपचार प्रदान गर्ने उद्देश्यले काठमाडौंको नख्खुमा  सञ्चालनमा आउन लागेको यस एकद्वार उपचार केन्द्रको शनिबार शिलान्यास भएको हो ।

साथै, वसुन्धारास्थित KDC General hospital मा समेत संस्थाको स्थापना भएको छ।

विश्वविख्यात क्रेनियोफेसियल प्रा. डा. हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन, इन्टरनेसनलको आर्थिक सहायतामा यस अस्पतालमार्फत खुँडोपना तथा अनुहारका
विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिहरूले पूर्णत नि:शुल्क सेवा पाउनेछन्।

नेपालमा हरेक आठ सयमा एक जनामा खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या रहेको बताउँदै सोको उपचारका लागि डा. सिंहले आफ्नै
अगुवाइ तथा आर्थिक लगानीमा सुविधासम्पन्न अस्पतालको स्थापनाको काम थालिएको जानकारी दिए ।

नक्खुमा सञ्चालनमा आउने सो अस्पताल  र वसुन्धारास्थित KDC General hospital को अध्यक्ष्य डा बुद्धिमान श्रेष्ठ को सहकार्य मा यस नि:शुल्क उपचार सेवा यसै सातादेखि नै सुरु गर्न लागिएको एक विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

यस संस्थाले सुरुवाती चरणमा प्रति वर्ष करिब ५०० जनालाई नि:शुल्क शल्यक्रिया तथा उपचार सेवा दिने र भविष्यमा वार्षिकरूपमा १५ सय जनासम्मलाई नि:श’ल्क
सेवा दिने लक्ष्य लिएको डा. सिंहले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved