ललितानिवास प्रकरणमा सर्वोच्च

बन्दी प्रत्यक्षीकरणको रिट खारेज, पक्राउ परेकालाई छाड्न अस्वीकार

सञ्चारसचिव राउतलाई भने थुनामुक्त गर्न परमादेश

सर्वोच्चले सोही प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई भने थुनामुक्त गर्न परमादेश दिएको छ ।

नेपालभ्युज

बन्दी प्रत्यक्षीकरणको रिट खारेज, पक्राउ परेकालाई छाड्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा परेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । शुक्रबार सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको हो ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाहसहितले दायर गरेको रिट खारेज गरेको हो ।

सर्वोच्चले सोही प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई भने थुनामुक्त गर्न परमादेश दिएको छ ।

राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा राखेर अनुसन्धान गर्न अदालतले परमादेश गरेको हो ।

हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै असार १३ गते आरोपितहरु सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङले सर्वोच्चमा प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved